Breaking News

फ्लयाग म्यान, लक्ष्मी नारायण सिल्पकार् झन्डा बोकेर देशको कुना कुनामा


यिनी हुन लक्ष्मी नारायण सिल्पकार्, जस्लाई मानिस हरु फ्लयाग म्यान को नाम ले समेत चिन्छन । कालिमटी निवासी सिल्पकार हरेक दिन बिहान उठ्छन र नेपाल को रास्ट्रीय झन्डा बोकेर दिन भर काठमान्डौ को कुना कुना मा पुग्छन । कुनै पैसा को लोभ मा हैन य कुनै आफ्नो स्वार्थ परिपुर्ती गर्न हैन । उनि झअन्डा बोकेर हिद्छन त देश भित्र सबै लाई आफ्नो रास्ट्र र रास्टृय झन्डा प्रती माया बढोस भनेर । हुन त उनि नेपाल का ७५ वोटै जिल्ला मा पुगिसकेका छन्, नेपाल को झन्डा बोकेर ।

हेर्नुस भिडियो मा 


नेपाल को झन्डा नचिन्ने लाई रास्टृय झन्डा चिनाउने र आम सर्बसाधारन लाई झन्डा तथा रास्ट्रा प्रती माया बढाउने लक्ष्य रहेको उनि सँग भएको हाम्रो कुराकानी मा उन्ले बताए । आफ्नो लागी नभै देश को लागी यसरि झन्डा बोकेर हिडेको सिल्पकार बताउछन । देश को हर कुना मा पुगेका सिल्पकार भन्छन्, नेपाल कै जनकपुर तथा हुम्ला जुम्ला का जनाता ले रस्टृय झन्डा चिनेनन्, जस्लाई रस्टृय झन्डा  भनेर चिनाउन सके यस कारण पनि मलाई यो झन्डा बोकेर हिंड्न थप उत्साह मिलेको छ ।

एक दशक देखी झन्डा बोकेर हिदेका सिल्पकार अझै थाकेका छैनन । आफ्नै खर्च मा दिन भर झन्डा बोकेर हिंड्ने सिल्पकार कसै सँग पैसा को सहयोग लिदैनन । यसरि झन्डा बोकेर हिड्दा उन्लाई धेरै जना ले पागल समेत भनेका छन भने कसैले उन्लाई राजा को मान्छे भनेर समेत भन्ने गरेको तितो अनुभव सुनाउछन । म कुनै राजाको मान्छे हैन, नेपाली राजा को आफ्नै झान्डा थियो । अहिले १ हैन ६०१ राजा रहेको उनि मान्छन ।

र यो कुनै राजा को हैन सिङ्गो देश नेपाल को झन्डा बोकेर आफु हिडेको उनि बताउछन । २ करोड नेपाली लाई एउटै माला मा गास्ने नेपाल को झन्डा बोक्दा आफुलाई गर्ब लाग्ने उनि सुनाउछन । दिन प्रती दिन देस प्रती को घट्दै गैरहेको मायालाई आफ्नो यो कदम ले राम्रो सन्देश दिने मा उनि ढुक्क छन ।  ७५ वटै जिल्ला को भ्रमण सकेका उनि अहिले प्राय गरी बसन्तपुर दरबार स्क्वायार मा झन्डा फहराइरएका भेटिन्छन ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित