Breaking News

नेपाल आइडलका बारेमा सनसनीपूर्ण भविश्यवाणी | Who Wins Nepal Idol


नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन ।
‘नेपाल आइडल’ को बारेमा। अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले नेपाल आइडल कस्ले जित्छ भनेर  भविष्यवाणी गरे पछी उनको पुनः उन्को चर्चा हुन थालेको छ ।

बोल्न, हिँडडुल गर्न नसक्ने लेखेर अद्भुत खालका धारणा व्यक्त गर्दै आएका दाहालले नेपाल आइडल का बारेमा पहिलो पल्ट भविष्यवाणी लेखेका हुन्। आजसम्म स्कुलको मुख पनि देखेका छैनन्, न कसैले उनलाई अक्षर चिनाउने प्रयास गरेको छ । तर, उनी कागजमा लेखेर संसारका अनेक जटिल प्रश्नहरुको उत्तर दिन्छन ।

देशमा आदित्यजस्ता अशक्त बालक कैयन होलान्, तर आदित्य अरुभन्दा भिन्न असाधारण रुपले चिनिन्छ्न् ।
नेपाली र अंग्रेजी मात्र होइन, जापानी, चाइनिज रसियन लगायतका भाषामा समेत लेखेर सबैलाई चकित तुल्याएका छन ।

यस्पटक् उनले ‘नेपाल आइडलको बिजेता को हुन्छ भनेर उन्ले कपिमा लेखेर आफ्नो भविष्यवाणी गरेका हुन।
आखिर कस्को नाम लेखे त​ नेपाली गुगल ब्वाई ?

नेपाल आइडल नेपाली रियालिटी शो मध्य कै सबै भन्दा ठुलो पुरष्कार राशिको शो हो । बिजेताले २० लाख रुपैयाको साथमा महिन्द्र केयुभी १०० कार पनि प्राप्त गर्ने छ । बिजेताले मात्र हैन फस्ट रनर अपले १५ लाख रुपैया र सेकेन्ड रनरअपले पनि १० लाख रुपैया पुरष्कार राशि प्राप्त गर्ने भ​एको छ्​।

हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै अहिले टप ४ मा आइ पुगेका प्रतिष्पर्धीहरु हुन – सागर आले, निशान भट्टराइ, बुद्द लामा र प्रताप दास । नेपाल का गुगल ब्वाइ भनेर चिनिने आदित्य दाहालको भविश्यवाणी मा निशान भट्ट्रराइ ले नेपाल आइडल जित्छ्न भनेर लेखेका छ्न्। हुन त निशान भट्टराइ अरु भन्दा कम त छैनन,  नेपाल आइदल का बिजेता का दाबेदार मघ्य कै एक हुन । तर पनि कस्लाइ जिताऊने भन्ने कुरा दर्शक को हात मा छ ।

धेरै कुरा को भबिस्यबानि गरेका कति पय कुरा मिलेका र कतिपय कुरा नमिलेका छ्न, उन्को यो भबिस्यबाणि मिल्छ या मिल्दैन त्यो त समय ले नै  बताउला। बिभिन्न समय मा बिभिन्न कुरा हरु लेखेर चर्चा मा आयेका उनि यस्पल्ट पनि लेखेका छन्, त्यो चर्चा को लागि हो या के को लागि उनैलाइ थाहा होला। तर दर्शक लाइ हामि राम्रो प्रतिभाशालीलाई आइडल निरन्तर भोट गर्न अपिल गर्दछ्ौ ।


No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित