यसरि आकाशमा उड्दै छन दुबइ का मानिसहरु अफिस जानका लागि ( भिडियो सहित )
टेक्निोलोजी कम्पनीहरु स्काई ट्याक्सी वा एयर क्याब बनाउने होडबाजीमा लागेका छन् र दुवईमा हावामा उड्ने यस्ता ड्रोन ट्याक्सीको सफलताका लागि प्रयासरत छन् । उनीहरु ब्याट्रीबाट चल्ने यस्ता स्काई ट्याक्सीको परिचालन परीक्षण गर्ने तयारीमा छन् । गत जुन महिनामा दुबईको सडक एवं यातायात प्राधिकरणले जर्मनीको स्टार्ट अप कम्पनी बोलोकप्टरसँग एक सम्झौता गरेको छ, जसको माध्यमबाट यसै वर्षको अन्तिमसम्म स्काई ट्याक्सीको परीक्षण गरिनेछ । दुई जना अटाउने यस्ता ट्याक्सीको उत्पादनका लागि यस कम्पनीले अहिलेसम्म तीन करोड डलर लगानी पाइसकेको छ ।
इलेक्ट्रिक र स्वचालित हुनेछ ट्याक्सी
एक प्रोमोसनल भिडियोमा दाबी गरिएअनुसार यसले अधिकतम १०० मिलोमिटर प्रतिघण्टाको उडान भर्नसक्छ भने बढीमा ३० मिनेटको उडान गर्न सक्छ । जवकी यसमा छुट्टै ९ वटा ब्याट्री सुरक्षाका लागि राखिएको हुन्छ ।
बोलोकप्टरले यो प्रतिबद्धता पनि गरेको छ कि यात्राका क्रममा तपाईंलाई एमर्जेन्सी प्यारासुटको जरुरी पर्नेछैन । दुबईले एक यात्रु बस्न मिल्ने स्वचालित स्काई ट्याक्सी बनाउने चिनियाँ कम्पनी एहाङसँग पनि एहाङ-१८४ सम्झौता गरेको छ । तर, यस दौडमा दुबईले थुप्रै प्रतिस्पर्धाको सामना गर्नुपर्छ । यस्तो लागिरहेको छ कि पूरै दुनियाँमा भविश्यको शहरी हवाई यातायातका लागि प्रयासहरु सुरु भइसकेको छ ।
No comments