बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? के छ त बास्तबिकता ( भिडियो सहित )
हरेक महिला तथा पुरुष जो पनि विवाह बन्धन मा बाधिन चाहन्छन्, उनि हरु आफ्नो जिबन साथी कुमार तथा कुमारी होस भन्ने चाहन्छन । तर कुमार तथा कुमारी छ कि छैन भन्ने जाच गर्ने माप डाँडा के त । अहिले हाम्रो समाज ले कुमार तथा कुमारी छन कि छैनन त भन्न का लागी बनाएको जाच को आधार कतिको सान्दर्भिक छ त ।
अहिले नेपाली समाज मा महिलाले विवाहअगाडि यौनसम्पर्क राखे नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आएनआएको हेर्ने गरेको छ । भने यौन सम्पर्क को दौरन महिला लाई दुखेनदुखेको कुरालाई आधार मानेर हेर्ने गरिए छ । यौन सम्पार्क को दौरन महिलाको रगत बगे महिला लाई कुमारी मानेर सोच्ने र बुझ्ने गरेको पाइन्छ । भने अर्कातिर पुरुषको हक मा पुरुष लिंगको अगाडिको छाला फाटेनफाटेको, पछाडिसम्म खुलेनखुलेको आधारमा यौनसम्पर्क भए नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।
सेक्स गरेको य नगरेको जाच गर्ने ति प्रकृय गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको छ अहिलेको समयमा नेपाली समाज मा । माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो सेक्स बाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्छ । अहिले बिभिन्न देश हरु मा यौनी को लागी कुमारित्व को जाली बजार मा पाइने हुनाले पनि यस्लाई दरिलो आधार मान्न सकिन्न । पहिलो यौनसम्पर्कको बेला सेक्स गर्दा जाली फुटेर रगत आउछ भन्ने कुरा तेसैले पनि सत्य मान्न सकिँदैन । जुन कसैको हक मा हुने गरेको छ भने कसैको हक मा यो लागु हुँदैन ।
त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।
यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ ।
जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन । त्यसैले जाच गर्ने बिभिन्न तरिका भएपनी कुनै ठोस आधार नभएको ले पनि महिला तथा पुरुष ले विवाह अगाडी सेक्स गरेको नगरेको बिल्कुल पत्ता लगाउन सकिन्न ।
No comments