कस्को हो दार्जिलिङ ? भारतका बिज्ञहरु नै भन्छन दार्जिलिङ भारतको होईन
कस्को हो दार्जिलिङ ?
यो स्थानको खोज त्यस समय भयो जब एङ्गलो नेपाल युद्धको समयमा एक ब्रिटिश सैनिक टुकडी सिक्किम जानको लागि छोटो बाटो खोजीरहेको थिए । यस बाटोबाट सिक्किमसम्म सजिलै जान सकिने भएकोले यो स्थान बेलायतीहरूको लागि रणनैतिक रूपमा धेरै महत्वपूर्ण थियो । त्यस बाहेक यो स्थान प्राकृतिक रूपमा पनि धेरै नै सम्पन्न थियो। यहाँको चिसो वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो, जसको कारण बेलायतीहरू बिस्तारै बिस्तारै यहाँ बस्न थाले । प्रारम्भमा दार्जिलिङ नेपालको एक भाग थियो। पछि भूटानले यस माथि कब्जा गर्यो । फेरि केही समय पछि सिक्किमले यस माथी कब्जा गर्यो । १८औं शताब्दीमा पुन: यसलाई नेपालले कब्जा गर्यो। तर नेपालले यस माथि धेरै समयसम्म अधिकार राख्न सकेन । सन् १८१७ मा अङ्ग्रेज-नेपाल युद्धमा भएको हार पछि नेपालले यो भाग ईस्ट इंडिया कम्पनीलाई सुम्पनु पर्यो । आफ्नो रणनैतिक महत्व तथा तत्कालीन राजनैतिक स्थितिको कारण सन् १८४० तथा ५०को दशकमा दार्जिलिङ एउटा युद्ध स्थलको रूपमा परिणत भएको थियो । त्यस समय यो ठाँउ विभिन्न देशको शक्ति प्रदर्शन स्थल बनिसकेको थियो । पहिला तिब्बतका मानिस यहाँ आए। त्यसपछि यूरोपिय मानिसहरू आए । यसपछि रुसका मानिसहरू यहाँ बसे । यी सबलाई अफगानिस्तानका अमीरले त्यहाँदेखि खेदेका थिए । यो राजनैतिक अस्थिरता त्यसबेला समाप्त भयो जब अफगानिस्तानका अमीर अङ्गेजहरूसँग भएको युद्धमा हारे । यसपछि यसमा अङ्ग्रेजहरूको कब्जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसको इंडियन नेशनल आर्मीको पनि कर्मस्थल बन्यो । स्वतन्त्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहाँ आएर बसे । यस बेला, दार्जिलिङ पश्चिम बंगालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यो शहर त्रिभुगएर छ । यसको उत्तरी भाग नेपाल र सिक्किमसँग जोडिएको छ । यहाँ शरद ऋतु अक्टोबर देखि मार्चसम्म हुन्छ । यस मौसममा यहाँ धेरै चिसो हुन्छ । यहाँ गृष्म ऋतु अप्रिल देखि जून सम्म रहन्छ । यस समयको मौसम हल्का चिसो हुन्छ । यहाँ वर्षा जून देखि सेप्टेम्बरसम्म हुन्छ । ग्रीष्म कालमा नै यहाँ धेरै पर्यटक आउँदछन् ।
khate nepal wasi, sala darjeeling le afno gorkhaland ko mang garda ni ta aama chikwa heru naramro naramro news dekhawxas haina, yo news dekhawnu vanda boru aafu aama ra baini chikako dekhana, khate nepal ko dalal heru afnai nepal ko cheli lai randi khana ma bechxas, bides ma nepali cheli vetda tellai bhalu ko najar le hersas, any aile darjeeling lai blame lawxas,
ReplyDelete