Breaking News

केही दिनदेखि गुगल र युट्युव ढिलो खुलिरहेका छन् ? यस्तो रहेछ कारण


नेपाली प्रयोगकर्ताहरुले आजभोलि गुगलका सेवाहरु ढिला खुल्ने गरेको गुनासो गर्न थालेका छन् । पछिल्ला केही दिनमा जीमेल, गुगल सर्चसँगै युट्युव पनि ढिलो खुल्ने र युट्युवमा बफरिङ समय लाग्ने गरेको देखिएको छ । केही बर्षयता नेपालमा गुगलका सेवा निकै द्रुत गतिमा खुल्दै आएका थिए । तर, अचानक किन यस्तो भयो भनेर प्रयोगकर्ताहरुले अहिले इन्टरेनट सेवा प्रदायकहरुलाई सोधपुछ गरिरहेका छन् । गुगलका सेवाहरु ढिलो खुलिरहेको पुष्टी गर्दै नेपाल इन्टरनेट सेवा प्रदायक संघ-इस्पान)ले त्यसो हुनुमा इन्टरनेट सेवा प्रदायक नभई गुगल नै जिम्मेवार रहेको बताएको छ ।
गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स -जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सर्भर राखी रहेको थियो’ इस्पानले बिज्ञप्ति जारी गर्दैर् भनेको छ- तर, अहिले गुगलले नेपालका आईएसपी कम्पनीसँग अलग भएर आˆनै नयाँ सरभर राख्ने तयारी गरेको छ । जसले गर्दा कम्पनीहरुमा राखिएका सर्भर स्तररोन्नती गरेको छैन । यहि कारण बढी प्रयोग हुने समय (बेलुका) मा सर्भरको क्षमता अपुग भई ढिला हुन गएको हो ।’
इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन नसकेको उसले बताएको छ । अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेको छ । जबसम्म गुगलले आफनो सरभरको स्तरोन्नती गर्दैन, तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुने इन्टरनेट सेवा प्रदायकहरुले जनाएका छन् ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित