खुलेआम उपभोत्ता ठग्ने काठमाडौंका नामचलेका पसल शिलबन्दी ( भिडियो सहित )
दरबारमार्गका ब्राण्डेड स्टोरमा ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको छ । आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गरेको अनुगमनमा लत्ताकपडामा चर्को मुल्य असुल्ने गरेको भेटिएको हो ।
अनुगमन टोलीले दरबारमार्गमा रहेको पुमा, नाइके, बिन्टले र स्टोर वानमा अनुगमन गरेको थियो । त्यस क्रममा अधिकांश व्यवसायीले ११ गुणसम्म मूल्य लिएको पाइएको हो । उच्च मुनाफा राखी कालोबजारी गर्ने ती ४ स्टारमा शिलबन्दी गरिएको छ ।
‘अनुगमनको क्रममा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो । बिलबिजक पनि छैन,’ अनुगमनमा सहभागी विभागका महानिर्देशक कुमार दाहालले भने, ‘धेरै बिकृती देखिएकाले चार वटैमा शिलबन्दी गरेका छौ ।’ व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गरिने उनले बताए ।
No comments