Breaking News

‘मेरो शरीरलाई कसैले नछुनु’ भन्दै सेती नदीमा हामफालिन् किशोरी


पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । 
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
यता, आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ । 
जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिए । रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्तर प्रदेशको सिरमौर राजगढ गएका थिए । 
मृतक रावत जुनीचाँदे गाउँपालिका– ४ लुहादहमा रहेको आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेका थिए । रावतको मृत्युले परिवारमा सन्नाटा छाउनुका साथै आशाको केन्द्र छोराको मृत्युले आमा, बुबामा निराशा पैदा भएको छ । यहाँका अधिकांश युवा आर्थिक अभाव भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरेर पैसा कमाएर पढ्ने र घर खर्च चलाउने गर्दछन् । 

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित