फेसबुकले प्रयाेगकर्तालार्इ यसरी बनाउदैछ दुःखी र राेगी !
अमेरिकामा गरिएको एक अनुसन्धानले सामाजिक सञ्जाल फेसबुकले प्रयाेगकर्तालार्इ बढी दुखी र अस्वस्थ बनाउँदै लगेको तथ्य सार्वजनिक गरेकाे छ।
अमेरिकाको स्याण्डियागोस्थित क्यार्लिफोर्निया बिश्वबिद्धालयले सन २०१३ देखि सन २०१५ सम्म दुर्इ वर्ष लगाएर गरेको एक अनुसन्धानबाट यस्ताे निष्कर्ष निकालिएकाे हाे ।
फेसवुक प्रयोगकर्ताको फेसबुक गतिबिधि, शारिरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, उनीहरुको दैनिक जीवनमा मिल्ने सन्तुष्टि, फेसवुक प्रयोगकर्ताले प्राप्त गर्ने सुख र उनीहरुको वास्तविक दुनियासँगको गतिविधिका बारेमा गहिराे अध्ययन गरिएकाे थियाे ।
फेसबुकमा बढी समय दिने प्रयोगकर्ताले आफ्नो सामाजिक, शारीरिक, मनोबैज्ञानिक स्वास्थ्यसँग सम्झौता गरे वरावर भएको समेत अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न क्यार्लिफोर्निया बिश्वबिद्धालयका सहायक प्राध्यापक होली शाक्यका अनुसार फेसबुकमा बढी समयदिने प्रयोकर्ताहरु सामान्य ब्यक्तिभन्दा बढी दुःखी र अस्वस्थ हुने गरेको पाइएको हो।
अनुसन्धानमा संलग्न भएका प्रयोगकर्ताहरुको दैनिक स्वास्थ्यमा पनि ठूलो प्रभाव देखिएको अनुसन्धानले देखाएको थियो। आफुले अपलोड गरेका फोटादेखि अरुले पोष्ट गर्ने स्टाटसले समेत फेसबुकका प्रयोगकर्तालाइ बढी मानिसक असर पार्ने गरेको देखिएको छ। ‘फेसबुकको बढी प्रयोग गर्नु भनेको बढी अस्वस्थ र दुःखी हुनु हाे। हाम्रो अध्ययनले यही देखाएको छ।’ अनुसन्धानमा संलग्न अमेरिकास्थित के एल बिश्वबिद्धालयकी छात्रा निकोलस क्रिसटाकिस बताउँछिन्।
अनुसन्धानले फेसबुकमा लाइक, कमेन्ट, स्टाटस अपडेटले समेत प्रत्येक्ष मानसिक स्वास्थ्यमा प्रभाव पार्ने गरेको बताइएको छ।
गएको वर्ष सन २०१६ मा गरेको एक अध्यनले पनि पनि फेसबुकको प्रयोगले प्रयोगकर्ताको एक प्रतिसतलार्इ डिप्रेसन हुने गरेको बताएको थियो। सामान्य प्रयोगकर्ताले फेसबुकको प्रयोगले उनीहरुलाई रिल्याक्स फिल गराउने भएका कारण यसको प्रयोग गर्न गरेको बताए पनि यसले बढी दुःखी र अस्वस्थ बनाउने गरेको अनुसन्धानले देखाएको थियो।
No comments