Breaking News

यसरी पर्दाफास भयो पुजाको ‘सेक्सबम’ योजना


दाङका ब्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी ३ करोड असुल गर्न खोजियो । अपहरणकारीहरुले पैसा उठाउने उद्देश्यका साथ टिकाराम घर्तीमगरले आफ्नी छोरी पूजा घर्तीमगरलाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेपनि नत पैसा उठ्यो नत व्यापारी श्रेष्ठ जिउदा रहे । नेपाली अपराध जगतमा लामो समयपछि पैसा फिरौति माग्ने र हत्या गर्ने श्रृखला सकिएको जस्तै भएको थियो । दाङको यो घट्नाले आम नेपाली सर्वसाधारण र व्यापारीहरुलाई पुनः झस्काइदिएको छ । दाङबाट अपहरण भएपछि उनको खोजीका लागि प्रहरीले सूचना दिने व्यक्तिलाई पुरस्कार समेत घोषणा गर्नुपरेको थियो । १४ जनाले ३ करोड फिरौति लिने सोच बनाएका थिए । घट्नाको तीन महिनाअघि नै अपहरण गर्ने योजना बनाइएपनि २६ जेठमा श्रेष्ठलाई अपहरण गरिएको थियो ।
राजकुमार श्रेष्ठको अपहरण गर्ने र हत्या गर्ने प्रमुख अभियुक्तहरुलाई अन्तत प्रहरीले पक्राउ गरिछाडेको छ । भारतको हिमाञ्चल प्रदेश र काठमाडौको गोगंबुबाट उनीहरुलाई पक्राउ गरिएको हो । हत्यामा संलग्न टीका घर्तिमगर र उनकी छोरी पुजा घर्तीमगर भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट र अपहरणका योजनाकार खुमबहादुर केसीलाई गोंगबुस्थित उनकै कोठाबाट पक्राउ गरिएको थियो । प्रहरीले बाबुछोरीलाई भने नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको दावी गरेको छ ।
सिम्लाबाट पक्राउ परेकाहरुको वयानका आधारमा केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरि दाङ पठाएको हो । प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । त्यो एक लाख कसले पाउछ भन्ने विषय पनि गोप्यनै छ ।
टिकारामकी छोरी पुजाले २६ जेठमा फोनगरी उनलाई अपहरणकारी सम्म पुर्याएकी थिइन । श्रेष्ठलाई फोनमा ‘सल्यान घुम्न जाउँ’ भनेर ब्यापारी श्रेष्ठलाइ बोलाएकी थिइन । श्रेष्ठ त्यसपछि तुलसीपुर बजारमा उनीसँग भेट गरी दुवै जना श्रेष्ठकै कारमा चढेर सल्यानतिर लागेका थिए । त्यहाँबाट करिव एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि श्रेष्ठलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । उनी अपहरणमा परेपछि दाङको स्थानीय प्रहरी तथा केन्द्रीय अनुसन्धान व्यूरो राप्ती अञ्चल प्रहरी कार्यालय लगायतको टोली खोजवीनका लागि परिचालित भएको थियो । अन्तमा व्यूरोको टोलीले उनको शब फेला पारेको थियो भने अपहरणमा संलग्न हुनेहरुमध्ये चार जनालाई पक्राउ गरी दाङ प्रहरीलाइ बुझाएको थियो । पक्राउ परेपछि प्रारम्भीक बयानमा टिकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकार गरेका छन । टिकारामले आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्ने योजनाका साथ व्यापारी श्रेष्ठको अपहरण गरेको बयान दिएका छन् ।
मुख्य योजनाकार तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर–११, कटाहाका ३० वर्षीय खुमबहादुर केसी, योजनाकार भनिएका टिकाराम, उनकी छोरी पूजा र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलाई पक्राउ गरेपछि घट्नाको सबै तथ्यहरु सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनामा १४ जना संलग्न रहेका छन् ।
उनको अपहरणमा संलग्न चार जनालाई यसअघि प्रहरीले सार्वजनिक गरिसकेको छ । यसअघि रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरिएको दाङका एसपी धीरजप्रताप सिंहले जानकारी दिए । प्रहरीका अनुसार अपहरणकारीले श्रेष्ठको परिवारलाई फोन गरेर तीन करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भन्ने कुरा रेकर्ड गराएर परिवारलाई सुनाएका थिए ।
परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरी जनाउँदा जनाउँदै उनको हत्या भएको हो । प्रहरीका अनुसार सल्यानको जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए । अपहरण भएको तीन दिनसम्म निरन्तर जंगलमा हिँडाएका थिए । उनले तीन दिनसम्म केही खान पाएका थिएनन । मधुमेहका बिरामी श्रेष्ठ जंगलको बाटो लगातार हिँड्दा थाकेर बेहोस भएपछि ढुंगाले किचेर हत्या गरिएको पक्राउ परेकाहरूले बयानमा बताएका थिए ।
व्यापारी श्रेष्ठको अपहरण टिकारामले तीन महिनाअघिदेखि योजना बनाएका थिए । पूजाले व्यापारी श्रेष्ठसँग अपहरण हुनु दुइ महिना अघिदेखि हिमचिम बाक्लो बनाएको प्रहरीले दावी गरेको छ ।
यसरी भयो अपहरण
प्रहरी अनुसन्धानको क्रममा व्यापारी श्रेष्ठसँग करिव डेढ महिनाअघि देखि पूजा नियमित जसो फोन सम्पर्कमा रहेको देखिएको छ । अपहरण भएको दिन पूजा र व्यापारी श्रेष्ठबीच २० भन्दा माथि फोनमा सम्पर्क भएको प्रहरीले जनाएको छ । बाबु टिकारामकै योजना अनुसार व्यापारी श्रेष्ठलाई पूजाले सल्यान घुम्न जाउँ भनेर प्रस्ताव राखेकी थिइन । पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा ११ च १०७१ नम्बरको कार लिएर निस्किएका थिए । दाङको वीरेन्द्र चोकमा कुरिरहेकी पूजालाई गाडीमा राखेर सल्यानतर्फ लागेका व्यापारी श्रेष्ठलाई बीचबाटोबाटै अपहरण गरेर जंगलतिर लगिएको थियो । त्यसपछि उनलाई तीन दिन हिंडाएर सल्यनको जंगलमा पुर्याएर फिरौति रकमका लागि फोन रेकर्ड गराइएको थियो । तीन करोड मागिएको त्यो फोन रेकर्ड गरिएपनि उनको हत्या भैसकेको थियो ।
अपहरणकारीहरु पेशेवर नभएपनि गत कात्तिकमा खुमबहादुर र भुपेन्द्र, यस अघि व्यापारी श्रेष्ठकै ३० लाख लुटीएको आरोपमा पक्राउ परेर जिल्ला अदालत घोराहीबाट केहि महिना अघि तारेखमा रिहा भएका थिए । यी दुवै जनालाई प्रहरीले मुख्य योजनाकार मानेको छ । प्रहरीले दुइ थान कटवा पेस्तोल अपहरणकारीले जंगलमा फालेको बताएको छ ।
को हुन पूजा घर्तिमगर ?
दाङको तुलसीपुर–६ स्याउली बजारमा हुर्किएकी २० वर्षीया पूजा सानैदेखि चञ्चले स्वाभावकी थिइन । उनी राम्री भएकाले सबैले उनलाई चलचित्रको हिरोइनसँग दाज्थे । व्यापारी श्रेष्ठको अपहरण र हत्यामा प्रमुख भूमिका खेल्ने श्रेष्ठलाई अपहरणकारीसम्म पुर्याउने टिकाराम घर्तीकी जेठी छोरी हुन । टिकारामका दुई छोरी र एक छोरामध्ये जेठी छोरी पूजा निकै जिद्दि खालकी युवती रहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले जानकारी दिए । २०६८ सालमा तुलसीपुरको महेन्द्र माविबाट एसएलसी पास गरेकी पूजा कक्षा ११ मा भर्ना भएपनि कलेज भने अहिलेसम्म गएकी थिइनन् । चन्चले भएकै कारण कलिलै उमेरमा दाङको कालीमाटीका एक युवकसँग बिहे गरेकी भएपनि सम्बन्ध विच्छेद गरेर बाबु आमासँगै बस्दै आएकी थिइन ।
पूजा घर परिवारलाई ढाँट्ने, छलकपट गर्ने र बरालिएर हिंड्ने गरेकि थिइन । प्रहरीले पूजा खराब आचरण भएकी युवती भएको पाइएको पनि बताएको छ । २० वर्षीया युवती पूजाले प्रहरीलाई सुरुमा बयान दिँदा व्यापारी श्रेष्ठ र आफू घुम्न सल्यान निस्किएको र बीच बाटोमा अपहरणमा परेको बताएकी थिइन् । आफूले अपहरण गर्न कुनै भूमिका नखेलेको र अपहरणपछि हत्या भएको थाहा पनि नभएको भनेर प्रहरीलाई बयान दिएकी पूजाले आफ्नो बयानमा पछि सकारेकी थिइन । दोस्रो बयानमा व्यापारी श्रेष्ठको अपहरण गराउन आफूले फोन गरेको त्यसलाई सहजै स्वीकार गरेकी छिन । पूजाले आफ्नो बयानका क्रममा बाबु टिकारामकै योजना अनुसार फोन गरेको पनि दावी गरेकी छिन । पूजाले दिएको बयान अनुसार करिव दुइ महिनाअघि देखि पूजा र श्रेष्ठको फेसबुक र मोवाइलमा कुराकानी हुने गरेको थियो । त्यसकै फाइदा उनका बुवा टिकाराम र अन्य अपहरणकारीले उठाएका हुन ।
ठेकेदार रणबहादुरको हत्या
अपहरणमा संलग्नहरुले राजकुमार अपहरणको अपराध लुकाउन अर्का निर्दोष रणबहादुर घर्तिको हत्या गरे । राजकुमार श्रेष्ठलाई अपहरण गर्दा पोल खुल्ने डरले बाटोमा भेटिएका घोराहीको हापुरे निबासी रणबहादुरको हत्या गरेका हुन । त्यसदिन उनी रुकुम जादै थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक धिरजप्रताप सिंहका अनुसार राजकुमारको हत्या गरेको आधा घण्टा अघि रणबहादुरको हत्या गरेका हुन । अभियुक्तहरु नरेन्द्र विक र जयप्रकाश भनिने पूर्णबाहदुर वलीले रणबहादुरलाई तीन वर्ष अघि दाङ कारागारमा सँगै वस्दा चिनजान भएको थियो । उनीहरुकै योजनामा रणबहादुरको हत्या भएको थियो ।
व्यापारी श्रेष्ठको अपहरण गरेर करिब २५ किलोमिटरको दुरी पार गरेपछि योजना बद्ध तवरले सल्यानको सोलाबाङमा राजकुमार सवार सवारीसाधनलाई ढुकेर बसेका अभियुक्तले राजकुमारको गाडी भन्दै एचपी ११८६४८ नम्बको भारतीय नम्बरको गाडि रोक्दा अपहरणकारीले चिनेका घोराही निवासी रनबहादुर घर्ति देखिएपछि नियनत्रणमा लिएका थिए । घर्ति रुकुम तर्फ जाँदै थिए । त्यस लगत्तै पछिपछि आइपुगेको राजकुमार सवार जीपलाई नियन्त्रणमा लिएर अज्ञात स्तथल तर्फ लागेका थिए । उनको शव पनि सल्यानकै सोही स्थनाबाट सडेको अवस्थामा फेला परेको थियो ।
घटना कसरी भयो ?
२६ जेठ २०७४ को साँझ ५३ बर्षीय राजकुमार श्रेष्ठलाई एकाएक फोन आयो, आज कतै घुम्न जाउँ । मोबाईलमा केही महिना अघि मात्रै परिचयमा आएकी २० बर्षिय पुजा घर्तिको आवाज थियो । उनले आग्रह गरेपछि व्यापारी श्रेष्ठले नाइ भन्न सकेनन र हुन्छ भन्दै उनि भएको ठाउँ सल्यान रोडतर्फ लागे । युवतीले दिएको जानकारीका आधारमा श्रेष्ठ आफनै नीजि सवारीसाधन बा ११ च १०७१ नम्बरकोका चढेर गए र भेट पनि भयो । पूर्व सल्लाह बमोजीम सल्यान तर्फ लागे । रात छिप्पीदै गए सडकहरु सुनसान बन्दै गए पुजा र राजकुमार गफ गर्दै आफ्नै गतिमा अघि बढे । करिब २५ किलोमिटरको दुरी पार गरेपछि योजना बद्ध तवरले सोलाबाङमा राजकुमार सवार सवारीसाधनलाई ढुकेर बसेका अभियुक्तले राजकुमारको गाडी भन्दै एचपी ११, ८६४८ भारतीय नम्बरको गाडि रोक्दा चिनेका घोराही निवासी रनबहादुर घर्ति भेटिएपछि उनलाईपनि नियनत्रणमा लिए । घर्ति रुकुम तर्फ जाँदै थिए । त्यसलगत्तै राजकुमार सवार जीप पछिपछि आइपुग्यो र त्यसलाई पनि नियन्त्रणमा लिएर अज्ञात स्तथल तर्फलागे । त्यसपछि श्रेष्ठ एका एक वेपत्ता भए पछि खोजविन सुरु भयो ।
कपुरकोट गाउँपालिका ५ मेल खोलामा श्रेष्ठ सवार निजी सवारीसाधन बा ११च १०७१ र एचपी ११८६४८ नम्बको भारतीय नम्बरको सवारीसाधन फेला पर्यो । अपहरकारीले दिनभरी लुकाउने र रातभरी हिडाउने गरे । अपहरणकारीले खानका लागि १० किलो चिउरा समेत लिएर गएका थिए । समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगर र प्रेसरका विरामी समेत भएकाले कमजोर हुदै गए र जेठ २९ गते दिउँसो ढले । सुगरका विरामी भएकाले उनी निकै कमजोर अवस्थामा थिए । अपहरणकारीले उपचार गर्नुको साटो हत्या गर्ने योजना बनाए । पोल खोल्ने डरले त्यसपूर्व आफु संगै विचबाटोबाट गएका रणबहादुरलाई आँखामा कालो पट्टी बाँधेर ढुङ्गाले टाउको र शरिका विभिन्न भागमा प्रहार गरेर विभत्स हत्या गरिसकेका थिए । त्यसको एक घन्टा नवित्दै अर्का व्यापारी राजकुमारको पनि त्यसैगरी विभत्स हत्या गरेर ओडारमा फालीदिए । अपहरकारीले व्यापारी श्रेष्ठको हत्या अघि २७ जेठमा श्रेष्ठको रेकर्ड गरिएको आवाज सुनाएर २ दिन भित्र ३ करोड बुझाउन परिवारलाई फोन गरे । परिवारले एक पटक आवाज सुन्छौ उहाँसंग कुरा गर्छौ र पैसा पनि भनेजति दिन्छौ भनेका थिए । तर अपहरणकारीले उनको हत्या गरि सकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटे र सम्पर्कमा आएनन् ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित