बिदेशमा झांगिएको प्रेमले नेपालमा लियो करुणा को ज्यान
पारीवारीक विछोडमा परदेशी भुमिका रहेकी झापा आमचोक ७ की २९ वर्षीया करुणाले एउटा मन मिल्ने साथी भेटाइन्, तेज गुरुगं घरमा मायाले उनलाई करुणा भनेर बोलाइने गरेको भए पनि उनको वास्तविक नाम भने कमला हो । नागरीकतामा उनको नाम कमला भनेर उल्लेख छ ।
तनहुंका तेजसंग उनको चिनाजानी कुवेतमै छंदा घनिष्टतामा बदलियो । दुई जनाको बिचमा दुख सुखका कुरा हुन्थे । एक अर्कालाई परेको बेलामा सहयोग गर्थे । त्यही घनिष्टताका आधारमा उनले तेजलाई दुईलाख रुपैया सापट पनि दिइन् ।
एक सन्तानकी आमा करुणा आफ्नो पतिसंग थिइनन् । सन्तानलाई पनि माइती घरमा छोडेर कुवेत गएकी थिइन । त्यसैले पनि उनलाई एउटा असल साथीको आवश्यकता थियो । त्यही आवश्यकताले उनलाई तेजसंग नजिक बनाएको हुनसक्छ ।
सात महिना अघि नेपाल आएकी कमला कुवेतमा रहेका तेजसंग टेलिफोन सम्पर्कमा रहिरहीन् । साउन १२ गते तेज पनि काठमाण्डौ आउने खबर पाएकी कमला तेजलाई भेट्न झापावाट काठमाण्डौ आइपुगीन् । आमालाई कुवेत छंदै दिएको ऋण उठाउनु छ भनेर काठमाण्डौ आएकी कमला यतै अस्ताइन् ।
No comments