UAE को कडा चेतावनी : कतारको पक्षमा बोल्ने जो कोहीलाई १५ बर्षको जेल सजायँ हुने
संयुक्त अरब इमिरेट्स यूएईले आफ्ना नागरिकलाई कतारको पक्षमा नबोल्न चेतावनी दिएको छ । यूएईले आफ्ना नागरिक जोकोहीले कतारको पक्षमा बोल्छ भने उसलाई १५ बर्षको जेल सजायँ गर्ने चेतावनी दिएको छ ।
यूएईका अधिवक्ताले भनेका छन् कि कतारको समर्थनमा सामाजिक सञ्जालमा जो कोहीले कुनै पनि किसिमका सन्देश गर्नु साइबर क्राइम हुने बताएको छ ।
सोमबार साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र युइएईले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँगको राजनितिक तथा कुटनितिक सम्बन्ध तोडिएको घोषणा गरेका थिए ।
त्यसपछि एक्लिएको कतारले आफ्ना नागरिकको लागि खानेपानीलगायतका सामग्री हवाई रुटमार्फत टर्की र इरानबाट ल्याउन थालेको छ ।
No comments