Breaking News

८ वर्षका करण सिंह साढे ६ फिट अग्ला, सन्सारकै अग्लो बालक


आठ वर्षीय भारतीय बालक करण सिंह आफ्ना साथीहरुबीचमा अग्लो बाँस जस्ता देखिन्छन् । हुन पनि उनी अहिल्यै ६ फिट ६ इन्च अग्ला छन् । भारतको मिरुतका यी बालककी ३३ वर्षीया आमा श्वेतलाना पनि ७ फिट २ इन्च अग्ली छन् । यी बास्केटबल खेलाडी भारतकै सबैभन्दा अग्ली महिला हुन् । उनका प्राकृतिक चिकित्सक बुवा ४१ वर्षीय सञ्जय पनि कम अग्ला छैनन्, तर उनलाई छोराले भेट्टाउन आँटिसकेका छन् ।करण जन्मदै दुई फिट अग्ला र ७ किलो तौलका थिए, जुन आफैंमा विश्व रेकर्ड हो । अहिले उनी पूर्व विश्वविजेता बक्सर व्लादिमिर क्लिच्कोसँग काँधमा काँध मिलाउने भइसकेका छन् । भविष्यमा अझै अग्लो भएर आफ्ना बाबुआमाको शिर उँचो बनाउने उनको सपना छ ।
सो परिवारमा अतिरिक्त वृद्धिको हार्मोन हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन । करणको सबैभन्दा ठूलो दुख भनेको आफूलाई मिल्ने लुगा तथा जुत्ता फेला नपर्नु हो । उनी अहिले नै १२ साइजको जुत्ता लगाउँछन् । उनी ३ वर्षको हुँदा १० बर्षको बालकलाई ठीक हुने लुगा लगाउँथे ।
करण बास्केटबल भनेपछि हुरुक्क हुन्छन्। उनी भन्छन्, ‘गृहकार्य सकेपछि म साथीहरुसँग केहीबेर खेल्छु र त्यसपछि आमासँग बास्केटबल खेल्न जान्छु ।’ करणलाई पाँच वर्षको उमेरदेखि आमाले बास्केटबल खेल्न सिकाएकी थिइन् । उनलाई साइन्समा पनि निकै रुची छ ।
करणले थपे, ‘हामी अग्ला छौं र यसमा मलाई गर्व छ । भविष्यमा म आमाभन्दा पनि अग्लो हुन चाहन्छु ।’करणले यसअघि दुईपटक गिनिजबुकमा नाम लेखाइसकेका छन् । एक पटक सबैभन्दा ठूलो नवजात शिशुको र त्यसपछि सबैभन्दा अग्लो बालकको । उनको परिवार फेरि एक पटक उनलाई गिनिजबुकमा देख्न चाहन्छन् ।



No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित