महिला यौनकर्मीको संख्या भयावह बन्दै, पुरुष पनि यो व्यवसायमा
नेपालमा महिला यौनकर्मीको संख्या ५४ हजार १९७ पुगेको छ भने पुरुष यौनकर्मी २० हजार ६२५ देखिएका छन् । पुरुषहरु सम्पर्कका आधारमा महिलाले भनेको ठाउँमा जाने गर्छन । मुख्य शहरका जिल्लासहित ४४ जिल्लामा गरेको अध्ययनबाट त्यस्तो देखिएको हो । नेपालमा महिला यौनकर्मीको संख्या सन् २०१० मा करिब २८ हजार रहेकोमा २०१७ मा आइपुग्दा दोब्बर भएको छ । महिला यौनकर्मी सबैभन्दा बढी काठमाडौं केन्द्रित देखिएका छन् । काठमाडौंमा मात्र ११ हजार ६७० महिला यौनकर्मी रहेको अनुमान गरेको छ ।
त्यस्तै अध्ययनले नेपालमा २४ हजार तेस्रोलिंगी तथा ६८ हजार समलिंगी पुरुष देखिएको पनि बताएको छ । महिला यौनकर्मीको संख्या ६ वर्षको अवधिमा दोब्बर वृद्धि हुनु आश्चर्यजनक भएको प्रतिवेदनमा उल्लेख छ । ०७३ साल भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजार हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी रहेको पत्ता लगाएको हो । त्यस्तै, अध्ययनले ६८ हजार ६४ समलिंगी पुरुष रहेको समेत अनुमान गरेको छ ।
यौनकर्मी र ग्राहक
यौन व्यवसायमा बाहुन–क्षेत्री महिलाहरू बढी संलग्न छन् । नेवारहरू पनि यो पेसामा संलग्न छन् । अन्य समुदायका यौनकर्मीहरूले मदिरालगायतका मादक पदार्थ सेवन गरे पनि मधेसी समुदायका यौनकर्मीहरूमा त्यस्तो लत छैन । यौनकर्मीका प्रमुख ग्राहक प्रहरी र सेना हुन् । दोस्रो नम्बरमा यातायात मजदुर र तेस्रोमा स्कुल–कलेजका विद्यार्थी । ४० भन्दा बढी उमेरका ग्राहक बढी जाने गरेको अध्यनले देखाएको छ ।

काठमाडौंमा तीन किसिमका यौनकर्मी भएको तथ्यांङ्क बाहिर आएको छ ।
पहिलो
उनीहरु ग्राहक आकषिर्त गर्न सडकलाई आफ्नो आश्रयस्थल बनाउँछन् । रत्नपार्क त्यस्तो देखिन्छ । यस्ता यौनकर्मीको शुल्क १ हजारभन्दा कम हुने गरेको छ। उनीहरू नजिकको होटल वा रेस्टुराँका गोप्य कोठालाई आफ्नो व्यवसायको थलो बनाउँछन्। होटल वा रेस्टुराँले स्थान उपलब्ध गराएबापत यौनकर्मीले लिएको शुल्कको आधा रकम पाउँछन्।

दोस्रो
यौनकर्मी केही सुरक्षित छन् । उनीहरू मसाज, डान्स रेस्टुराँ, क्याबिन आदिमा रोजगार हुन्छन । उनीहरूले ग्राहक पनि त्यहीँ पाउँछन् । शुल्क भने व्यक्तिगत मोलमोलाइका आधारमा तय हुने गरेको देखिन्छ । यद्यपि उनीहरूको शुल्क १ हजारको हाराहारीमा हुने गरेको छ ।

तेस्रो
यौनकर्मी भने शिक्षित एवं आकर्षक हुन्छन् । उनीहरू आफैं ग्राहकसँग प्रत्यक्ष मोलमोलाई गर्दैनन् । दलालले त्यसको जिम्मा लिन्छ । उनीहरू आवश्यक परेको स्थानमा पुग्छन् र राम्रो शुल्क लिन्छन् ।

No comments