विदेशबाट सामान ल्याउँदा के मा भन्सार लाग्छ के मा लाग्दैन ? हेर्नुस लिस्ट
तीन वर्ष मलेसियाको एक प्लाष्टिक कम्पनीमा काम गरी सुमन विश्वकर्मा सोमबार नेपाल फर्कनुभयो । मोरङ्ग पथरी घर भएका विश्वकर्माले फर्कंदा ३२ इन्चको टिभी ल्याउनुभयो । उहाँ अब कति भन्सार तिर्नुपर्ने हो भन्ने चिन्तामा हुनुहुन्थ्यो । तर भन्सार कार्यालयले कुनै शुल्क नलिएपछि उहाँ दङ्ग पर्नुभयो ।
यस्तो व्यवस्थाले विश्वकर्मा जस्ता नेपालीलाई धरै राहत मिलेको छ । पूर्ण भन्सार छुटको व्यवस्था धेरै नेपालीलाई थाहा नहुँदा ३२ इन्च भन्दा ठूलो टिभी ल्याएर भन्सार तिर्ने गरेकोे त्रिभुवन विमानस्थल भन्सार कार्यालय गैह्रीगाँउका प्रमुख टेकबहादुर अर्यालले बताउनुभयो । ‘हामीले ३२ इन्च सम्मको टिभी ल्याउँदा भन्सार शुल्क लाग्दैन भनेपछि उहाँहरु दङ्ग पर्नुहुन्छ’ उहाँले भन्नुभयो ।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने मालसामानमा भन्सार छुटको व्यस्था रहेको भन्सार कार्यालयले जनाएको छ । त्यसो त भन्सार ऐन २०६४ को दफा ९ को
उपदफा ३ मा उल्लेख भए बमोजिम नेपालमा बसोबास गरेका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका लागि ल्याएका सामानहरुमा पूर्णरुपमा भन्सार छुटको व्यवस्था गरेको छ ।
कुन सामानमा भन्सार लाग्दैन ?
व्यक्तिगत प्रयोगका लागि चाहिने लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामानमा पूर्ण रुपमा भन्सार छुटको व्यस्था छ । त्यस्तै औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने ह्वील चियर लगायतका अन्य सामानमा पनि भन्सार लाग्दैन ।
व्यक्तिगत प्रयोगका लागि चाहिने लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामानमा पूर्ण रुपमा भन्सार छुटको व्यस्था छ । त्यस्तै औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने ह्वील चियर लगायतका अन्य सामानमा पनि भन्सार लाग्दैन ।
विदेश जाने नेपालीले प्रायःजसो सुनका गरगहनाको ल्याने गर्छन । तर उनीहरुलाई कति गरगहना ल्याउँदा भन्सार शुल्क लाग्दैन थाहा नपाएर समस्या हुने गर्छ र ठगीमा पनि पर्न सक्छन् । सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा एक लाख नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु नपर्ने भन्सार कार्यालयका भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो ।
तर यो परिणाम भन्दा बढी सुन तथा चाँदी ल्याएमा भन्सार अधिकृतले सामान ल्याउने व्यक्तिको परिवारको अवस्था हेरि छाड्न पनि सकिने उहाँले बताउनुभयो । यसरी सामान ल्याउने व्यक्ति ६ महिना भन्दा कम विदेशमा बसेको छ र छाड्न उपयुक्त लागेन भने छुट पाउने सुन तथा चाँदी बाहेक अन्यमा ५० प्रतिशत भन्सार शुल्क लाग्ने अर्यालले बताउनुभयो ।
यस्तै ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन । त्यस्तै बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल १/१ थान ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जनाएको छ ।
विदेशमा विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्कंदा ल्याएका व्यवसायिक सामानको पनि कुनै भन्सार शुल्क लाग्दैन । जस्तो कि डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायककारहरुका लागि बाजा, गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु ल्याउँदा पनि भन्सार शुल्क लाग्दैन ।
यसैगरी सात किलोग्राम सम्मका नेपाल सरकारले कुनै अवैधानिक नठानेका खाद्यान्न ल्याउन पाइने व्यस्था छ । मदिराको हकमा १.१५ लिटरसम्मको एक बोतल ल्याउन छुट रहको भन्सार कार्यालयले जनाएको छ । यो भन्दा बढी मदिरा ल्याए भन्सार कार्यालयले त्यस्तो मदिरालाई नष्टसम्म गर्न सक्ने भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो ।
६ महिना विदेशमा बसेका नेपालीले निःशुल्क ल्याउन सक्ने सामान
६ महिनासम्म विदेशमा बसी फर्केका नेपालीले पनि केही सामानहरु पूर्ण भन्सार छुटमा ल्याउन सक्ने भन्सार कार्यालयले जनाएको छ । यस्ता नेपालीले ल्याएका १/१ वटा म्यूजिक सिष्टम, रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सिडी. प्लेयर, भिसिडी प्लेयर र डिभिडी प्लेयरमा भन्सार अधिकृतले पारिवारिक अवस्था बुझी छुट दिन पनि सक्ने व्यवस्था छ ।
कामदार भिषामा विदेश गएर एक वर्षसम्म बसी नेपाल पर्केका नेपालीले ल्याएका ३२ इन्च सम्मको टिभीमा पूर्ण भन्सार छुटको व्यवस्था गरिएको भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो ।
त्यसैगरी लुगाफाटा, जुत्ता, कष्मेटिक्सहरु बढीमा १५ पिससम्म ल्याउँदा कुनै भन्सार शुल्क तिर्नु पर्दैन । घरायसी प्रयोजनका लागि ल्याइने मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरहरु २/२ थानसम्म ल्याएमा पनि पूर्ण भन्सार छुट हुन्छ ।
त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि २२ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिका एलईडीमा क्रमशः प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
६ महिनाभन्दा बढी विदेश बसेर नेपाल फर्केकाहरुको लागि क्रमशः २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय रुपैयाँ कर लाग्ने छ।
त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यालयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि भन्सार कार्यालयले जानकारी दिए।
१० किलोग्राम सम्म खाद्य परिकारमा पनि भन्सार नलाग्ने भन्सार कार्यालयले जनाएको छ । व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थानसम्म ल्याएमा भन्सार शुल्क लाग्दैन ।
No comments