Breaking News

प्रताप लामा किन गए त नेपाल आइडल मा ? आखिर किन आउट भए ? प्रताप लामाको खुलासा




नेपाली तारा सिजन ३ का बिजेता प्रताप लामा नेपाल आइडल टप १८ को फर्स्ट भोटिङ राउन्ड बाट नै आउट भएका छन । उदार मन र सरल ब्यक्तित्व का धनी प्रताप लामा नेपाल आइडल का लागी बिजेता को दरिलो दाबेदार मानिएका थिए । तर भयो ठिक उल्टो भोटिङ राउन्ड को पहिलो चरण मै उनि बाहिरिन पर्‍यो । नेपाल आइडल कार्यक्रम को फर्म्याट अनुसार उन्ले अरु प्रतिस्पर्धी भन्दा काम भोट पाएका थिए । तर उन्ले अरु को भन्दा कती भोट कम पाए यो भने नेपाल आइडल ले खुलाएको छैन ।
तर नतिजा जे आए पनि उनि खुशी नै देखिन्छन । उनि एक दम राम्रो गायक हुन्, उन्को गायकी लाई सबैले मन पराएको हो । उनि जज हरु को पनि प्रिय पत्र नै थिए, तर भोट गर्दा अडियन्स हरुले यस्तो नतिजा दिए । उनि पनि आस्चर्य मै छन ।

अझ भन्नु पर्दा उनि नेपाली तारा सिजन ३ का उपाधी जिती सकेका बिजेता हुन । नेपाली तारा बनिसकेको भए पनि उनि सही मौका खोजी मा थिए, किनकी उनि म्युजिक इन्डस्ट्री मा खासै जम्न सकिरहेका थिएनन । नेपाल म्युजिक इन्डस्ट्री को गायक को भिड मा उनि कही कतै हराएका थिए ।
 बेला बेला मा उन्ले म्युजिक एल्बम हरु निकाल्ने गरेका थिए तर पनि उनि खासै हिट भने भएनन्, सायद यही कारण ले गर्दा पनि उनि दर्शक माझ राम्रो सँग नोटिस हुन पाएनन । नेपाली तारा भैसकेको मान्छे पैसा र गाडी को लोभ मा नेपाल आइडल मा  गएको भन्ने प्रश्न मा उनि भन्छन म गरीब छु,
 मलाई पैसा को लोभ छैन, थोत्रो स्कुती चढछु, झुप्रो होटेल मा पनि खाइदिन्छु, थोत्रो कपडा पनि लगाइदिन्छु । म जस्तो छु सन्तुस्ट छु । म नेपाल आइडल मा गए त आफ्नो गायकी मलाई नचिनेको दर्शक माझ मलाई चिनाउने पब्लिसिटी पाउने र सही मौकाको खोजिमा रहेको मेरो लागी
 यो ठुलो प्ल्याट्फर्म थियो । हुन पनि नेपाल आइडल सन्सार भर चल्ने आइडल मध्य कै एक आइडल हो । जुन गायन क्षेत्र मा सबै भन्दा ठुलो कार्यक्रम हो ।

नेपाल आइडल का प्रबल दाबेदर भएपनी उनि आउट भएका छन । उन्को भनाइ अनुसार उन्ले आफ्नो गाउने पुरा क्यापाक्सिटी युज नगरेको उनि मान्छन । उन्ले आफुले नेपाल आइडल मा ग्रास लेवेल बाट गायन सुरु गरेको भन्छन्, उन्ले अहिले सम्म नेपाल आइडल मा जती गायकी देखाए तेस्मा उन्ले आफुले ४०-५० पर्सेन्ट को मात्र पर्फर्मन्स दिएको उन्ले बताएका छन । किनकी उनि नेपाली तारा भैसकेको ले अरु प्रतिस्पर्धी नहच्किउन भनेर उन्ले तेही लेबल मा आफ्नो गायकी को क्यापासिटी पुरा प्रयोग नगरेको उन्ले मान्छन ।
 उन्ले अरु प्रतिस्पर्धी को बराबर अथवा त्यो भन्दा अलि राम्रो लेवेल को गायकी देखाएका थिए । उन्ले टप १० पछी फाइनल मा जाने क्रम आफ्नो फुल क्यापासिटी को प्रयोग गरेर बेस्ट गायकी देखाउने उन्ले योजना बनाएका थिए ।
 तर यो पुरा हुन सकेन । तेसैले पनि उनि आफ्नो पर्फर्मन्स देखाउन बाकी रहेको ले पनि उनि यस्मा उनि एकदम दुखी छन । सायद उन्ले भने अनुसार सुरु बाटै उन्ले बेस्ट पर्फर्म्नस देखाएका भए सायद नेपाल आइडल बन्थे कि ? यो प्रश्न को उत्तर अब सायद हामिले पाउन नसकियला ।



No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित