Breaking News

कता जाँदैछ गोरखाल्याण्ड आन्दोलन ? अब के होला ? हेर्नुस भिडियो रिपोर्ट


अहिलेको संकटको मूल कारण पश्चिम बंगाल सरकारको त्यो घोषणा हो जसमा ९ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाई अनिवार्य गरिएको छ । त्यसपछि गोरखा जनमुक्ति मोर्चा (जिजेएम) ले जून १२ तारिखदेखि पहाडमाथि अनिश्चितकालीन बन्दको घोषणा गरे ।




पश्चिम बंगालसँग जोडिएको नेपाली भाषी ‘गोर्खाल्याण्ड’ बनाउनु पर्ने माग राखी शुरु भएको आन्दोलनमा सरकारी दमनका कारण त्यहाँको अवस्था विग्रँदो छ ।
आन्दोनललाई नियन्त्रणमा गर्ने नाममा अर्धसैनिक बलका लगभग डेढ हजारलाई दार्जिलिङमा परिचालनसँगै आन्दोलन हिंसात्मक बन्दै गएको छ जसमा केही मानिसहरुले ज्यान गुमाएका छन् भने थुप्रै घाइते भएका छन् । पश्चिम बाङ्गाल झान दन दनी बली रहेको छ ।
तरपनि मानिसहरु रोकिएका छैनन् । उनीहरुको आन्दोलन दिन प्रतिदिन उग्र भइरहेको छ । उनीहरुले काम गरिरहेका छैनन् । पैसा पनि कमाएका छैनन् तरपनि उनीहरुलाई कुनै चिन्ता छैन । आन्दोलनमा निरन्तर होमिएका छन् ।
उनी हरु भन्छन ‘यो कुनै एक पार्टी वा नेताको लडाईं होइन । यो दार्जिलिङ, कालिम्पोंग र कर्सियांग इलाकामा बस्ने लाखौं मानिसहरुको लडाईं हो । यसपटक पहाडका मानिसहरु अन्तिम लडाईं लडिरहेका छन् । यो लडाईं गोरखाल्याण्ड नलिइकन समाप्त हुनेवाला छैन ।’
अहिलेको संकटको मूल कारण पश्चिम बंगाल सरकारको त्यो घोषणा हो जसमा ९ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाई अनिवार्य गरिएको थियो । नेपाल भाशी लाई बाङ्गालि भासा लाद्न खोजे को भनेर बिरोध सुरु  भयो । जुन हिन्सात्मक बन्न थल्यो
त्यसपछि गोरखा जनमुक्ति मोर्चा ले जून १२ तारिखदेखि पहाडमाथि अनिश्चितकालीन बन्दको घोषणा गरे । मानिसहरुलाई सरकारी अफिसमा नजान र बन्द गर्न अपिल गर्‍यो भने अर्को तर्फ मुख्यमन्त्री ममताले कार्यालयमा अनुपस्थित हुनेहरुको तलब काट्ने आदेश जारी गरिन् ।
जबा जून १५ मा विमल गुरुङको अफिसमा पुलिसको छापामारी भयो तबा स्थिती तनावग्रस्त भयो । भारतीय सेन ले हानेको गोली लगेर आन्दोलन को क्रम मा कैयौ को ज्यान गयो त कती घाइते भए । यस पछी त आन्दोलन ले झान उग्र रुप लिना थल्यो ।
उनी हरुले यस बारेमा ममता सरकार सँग कुनै बर्ता नगर्ने अडान राखेका छ तर गृहमन्त्री राजनाथ सिंहलाई आफ्नो माग सम्बोधन को अपिल गरेकाअ छन्, अब सरकारले कहिले र कसरी बाटो फुकाउनेछ त्यो हेरी रहेका छन ।
 गोर्खा जनमुक्ति मोर्चाले जून १२ देखि गरेको अनिश्चितकालीन हड्तालको गरेको घोषणा आजही कायमै छ अब यसपटकको आन्दोलन के हुन्छ, र कती निर्णायक हुन्छ हेर्न समयनै कुर्नु पर्ला ।


No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित