गोर्खाल्याण्डका नेता भन्छन् : गोर्खाल्यान्ड भारत भित्रको प्रान्त मागेका हौ, नेपाल भारत सिमामा पर्खाल हुन पर्छ (भिडियो अन्र्तवार्ता)
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दिप लिम्बुले नेपाल– भारत सीमामा पर्खाल लगाउनुपर्ने माग गरेका छन् । गोर्खाल्याण्ड राज्यको आन्दोलनको स्थलगत रिपोटिङका लागि दार्जलिङ पुगेको नेपाल आज टिमसँग कुरा गर्दै लिम्बुले दुई देशबीचको खुला सीमा दुबै पक्षका लागि हितकर नभएको बताएका हुन् । लिम्बुले सन् १९५० को सन्धीको धारा ७ र ८ पनि खारेज गर्नुपर्ने जनाए । दुबै देशमा एक अर्का देशका नागरिक बसोबास गर्न पाउने प्राबधानका कारण नेपालीभाषी भारतीयप्रति भारतमा संशय पैदा भएको उनको भनाइ छ ।
नेता लिम्बुले भारतीय एकतालाई मजबुत बनाउन आफूहरुले गोर्खाल्याण्डको माग गरेको दाबी गरे । दार्जलिङलाई पश्चिम बंगालमा पछिमात्रै मिसाइएको भन्दै उनले भारतीय संविधानअनुसार दार्जलिङ र आसपासको क्षेत्रलाई गोर्खाल्याण्ड बनाइनुपर्ने जनाए । उनले गोर्खाल्याण्ड नेपालमा मिसिने कुरा कल्पनाभन्दा बाहिरको विषय भएको स्पष्ट गरे ।
No comments