विदेशमा बसेर नेपालमा खुलेआम अश्लीलताको व्यापार | अश्लील भिडियोबाट डलर खेती
इन्टरनेटको माध्यमबाट हुने विभिन्न अपराधबारे धेरै जानकार छन् । नेपाल प्रहरीले पनि इन्टरनेटको माध्यमबाट अपराध गर्ने वा गैरकानुनी काम गर्नेहरूलाई बेलाबेला पक्रिने गरेको छ । तर इन्टरनेटमा खुलेआम अश्लीलताको व्यापार गरेर पैसा कमाउँदा पनि यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । सन्दर्भ हो, एक नेपाली अश्लील साइटको । www.nepali****.net डोमेन भएको यो साइट कोरियाबाट संचालन भएको छ ।
‘यो साइटका थुप्रै ठाउँमा अन्य अश्लील साइटका बिज्ञापनहरू राखिएका छन् । उक्त बिज्ञापनमा क्लिक गरेको खण्डमा त्यसबापत साइट संचालकले पैसा कमाउने गरेका छन् ।’ लामाले रातोपाटीलाई सुनाए । उनी अगाडि भन्छन् ‘नेपालमा यो वेबसाइट नियमित हेर्ने दर्शक पनि छन् । कतिपय भिडियोहरू नेपालबाटै अपलोडसमेत भएका छन् ।’ उनका अनुसार नुहाउँदै गरेका, अश्लील शब्द प्रयोग भएका, विभिन्न स्क्याण्डल, लुकेर खिचिएका वा सहमतिमै खिचिएका अश्लील भिडियोहरू समेत साइटमा अपलोड भएका छन् । सबैजसो भिडियोका माथि, तल दायाँ र बायाँ स्थानमा विज्ञापन राखिएका हुनाले पनि साइटको कमाइ निकै राम्रो छ ।
यो साइटले ४०० भन्दा बढी अश्लील नेपाली भिडियो संग्रहित गरिसकेको छ । नेपाली अलावा पाकिस्तानी र भारतीय अश्लील भिडियो पनि यो साइटले संग्रहित गरिसकेको छ । नेपालमा केही वर्ष अगाडि निकै नै चर्चामा आएको नम्रता श्रेष्ठको अश्लील भिडियोदेखि पछिल्लो समय कलेजका केटाकेटीहरूले बनाएको अश्लील भिडियोसमेत वेबसाइटमा संग्रहित भइसकेको छ । दैनिकजसो अपडेट हुने यो वेबसाइट विगत ४ बर्षदेखि सञ्चालन भइरहेको छ । जो कसैले सामान्य ‘लग इन’ गरेर अश्लील भिडियो राख्न मिल्ने भएकाले पनि साइट निरन्तर अपडेट भएको देखिन्छ ।
रोजगारीका लागि कोरिया गएका एक नेपालीले यो साइट संचालन गरेका हुन् । ६ बर्ष अघि कोरिया गएका उनले यसबाट राम्रो आम्दानी गर्न थालेपछि साइटलाई व्यवसायिक रूपमै अगाडि बढाएका हुन् । सुरुवाती दिनमा कोरियाबाटै अपडेट हुने भएपनि हाल विश्वका कुनै पनि ठाउँबाट जो कसैले अश्लील भिडियो तथा फोटो अपलोड गर्न मिल्ने प्रविधि प्रयोग गरिएको हुनाले यस साइटमा नेपाली, हिन्दी र पाकिस्तानी भिडियोहरू अपलोड भएका छन् । आफूलाई साइट संचालकका साथी बताउने विकास लामा (नाम परिवर्तन) भन्छन् ‘साइट संचालकले मासिक रूपमा निकै राम्रो पैसा कमाउँछन् यो साइटबाट । त्यसैले पनि उनी यो साइटलाइ निरन्तरता दिने मनसायमा छन् ।
No comments